प्रचण्डले देशहितबारे भारतमा चुँइक्क बोल्न सकेनन् : केपी ओली

२०८० जेष्ठ २७, शनिबार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुँइक्क पनि बोल्न नसकेको टिप्पणी गरेका छन् ।

मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्रीले राख्न नसकेको ओलीको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए । उनले यो सरकार देशकै लागि दूर्भाग्य भएको बताए । 

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनी सरकारमाथि कटाक्षसमेत गरे । प्रधानमन्त्रीले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको पनि बताए । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको टिप्पणी गरे । उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दावी गरे । 

अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए । उनले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार