विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका जङ्गलमा ४० दिनपछि जीवितै फेला

२०८० जेष्ठ २८, आईतवार

विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको जनाएकाे छ ।

तेह्र,नाै,चार र एक वर्षका ती बालबालिका सहाेदर भाइबिहिनी भएकाे बताइएकाे छ । काेलम्बियाका राष्ट्रपति गुस्टाभाे पेट्राेले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएकाे बताए। उनले याे दिन पूरै देशकाे लागि हर्षकाे दिन भएकाे बताए ।

ती बालबालिका गएकाे मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजाेनस प्रदेशकाे एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरकाे हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटकाे ज्यान गएकाे थियाे । ती तीन जनाकाे शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेकाे थियाे । तर चार जना बालबालिका भाैतारिँदै अनकन्टार जंगलमा गएकाे हुनसक्ने आशंकापछि काेलम्बियाई सेनाले खाेजी तीव्र पाररेकाे थियाे । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टाेलीले खाेजी गरेकाे थियाे । त्यहाँका स्थानीय बासिन्दा पनि खाेजी कार्यमा खटेका थिए ।

यतिका लामाे समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यकाे कुरा हाे । तर तीनीहरु स्थानीय ह्वीटाेटाे जाति तथा समुदायकाे भएकाे र उनीहरुलाई जङ्गली फलफुलकाे बारेमा जानकारी भएकाे र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

यतिका लामाे समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यकाे कुरा हाे । तर तीनीहरु स्थानीय ह्वीटाेटाे जाति तथा समुदायकाे भएकाे र उनीहरुलाई जङ्गली फलफुलकाे बारेमा जानकारी भएकाे र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार