काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।





