पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो

२०८० जेष्ठ २९, सोमबार

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । 

विद्यार्थीहरुले दाहाललाई उनकै निवासमा सोमवार कालोमोसो दलेका हुन् । आफूहरुले विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेपछि कालोमोसो दलिएको नेविसंघका नेता योगराज दाहालले बताए । 

पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाइ नगरेको विद्यार्थीहरुको भनाई छ । उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले बेवास्ता गरेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार