यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० जेष्ठ ३०, मंगलवार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार