काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।





