फेरि नयाँ नेकपा बनाउने कोसिस गर्दैछौं : प्रधानमन्त्री दाहाल

२०८० जेष्ठ ३१, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा हुँदै फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा र सरल नहुने बताए ।

उनले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताउँदै एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताए । प्रचण्डले समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार