घुस लिन मिले वडाध्यक्ष र वडासचिव, दुवैजना ७० हजारसहित समातिए

२०८० जेष्ठ ३१, बुधबार

धनुषा : सेवाग्राहीबाट घुस लिने कुरामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो भएको कुरा धनुषाबाट सार्वजनिक भएको छ।

धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस लिँदालिँदै रंगेहात समातिएका छन्।

सडक निर्माण सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा दुवैजनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले रंगेहात समातेको हो।

उनीहरुले सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार