थुनामा पठाउने अदालतको आदेशसँगै टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

२०८० असार १, शुक्रबार

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ।

पार्टीबाट निलम्बित भइसकेका नेकपा एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद रायमाझी जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार थुनामा पठाउने आदेश दिएसँगै स्वत: निलम्बित भएका हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० देखि फरार उनलाई प्रहरीले वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट प्रक्राउ गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार