काठमाडौँ : नेपालमा एम्पक्स भाइरस रोग पहिलो पटक देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको पुष्टि भएको हो ।
ती महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि राष्ट्र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको नमुना परीक्षणमा एमपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
हालसम्म एमपक्स संक्रमण विश्वभर १११ देशमा पुष्टि भइसकेको छ । जानकारहरुका अनुसार यो रोग मानिसबाट मानिस र जनवारबाट मानिसमा समेत सर्ने गर्दछ ।





