शिक्षा इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलियो

२०८० असार १, शुक्रबार

जनकपुरधाम : शिक्षा, विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दलिएको छ । शुक्रबार दिउँसो करिब एक दर्जन युवाहरूको समूहले प्रमुख शर्मालाई उनकै कार्यलयमा पुगेर कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । शर्मालाई कालोमोसो दलेलगत्तै युवाहरुले भ्रष्ट इकाई प्रमुख मुर्दावाद लगायतका नारा लगाएर कार्यालयबाट बाहिरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले घटनाको बारेमा जानकारी आएको र अनुसन्धान भइरहेको बताए । उनले कालोमोसो दल्नेहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।

शिक्षक सरुवा, पदस्थापना लगायतमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको जनाइएको छ । शर्मालाई दिउँसो करिब २ देखि ३ बजेको बीचमा कालोमोसो दलिएको प्रहरीको भनाई छ । उक्त घटनामा संलग्न २-३ जनाको पहिचान भइसकेको डिएसपी गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार