भूमे पर्व जोगाउँदै गाउँपालिका

२०८० असार २, शनिबार

रुकुम पूर्व : जिल्लाको भूमे गाउँपालिकाले भूमे पर्व जोगाउनका सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ। मगर जातिले प्रकृति पूजकका रुपमा मनाइने महान चाड बल पूजा अर्थात भूमे पर्वलाई संरक्षण गर्नका लागि पालिकाले यसअघि पनि विभिन्न कार्य गर्दै आएको छ। 

यसपटक चौथो भूमे सांस्कृतिक प्रतियोगिता आयोजना गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए।असार २ गतेदेखि पालिकाको केन्द्र समेत रहेको खाबाङबगरमा बल पूजाको विधिवत् रूपमा सुरु गरिएको थियो। अठार मगरातहरूको ऐतिहासिक परम्परासँग जोडिएको बल पूजामा यसपटक पनि विभिन्न स्थानबाट आउने स्थानीय झाँकीहरूलाई प्रतिस्पर्धा गराइनेछ। 

प्रतिस्पर्धामा पुरस्कारको व्यवस्था समेत गरिएको गाउँपालिकाले जानकारी दिएको छ। भुमे पूजा मगर समुदायको चर्चित र महत्त्वपूर्ण पर्व हो। जहाँ जेठ मसान्तमा धुमधामसँग सुरु गरेर ७ दिनसम्म मनाइन्छ। यस पूजालाई नेपाली भाषीहरूले बलपूजा भन्ने गर्छन्। बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न,खेतिपातीको वृद्धि विकासको कामना गर्न भूमि माताको भुमे थानमा गएर पूजा गरि करिब १ हप्तासम्म भुमे नाच लगाएर मनाइन्छ। 

भुमे पूजाको अवसर पारि हरेक गाउँहरूमा साना साना मेला लगाउने गरिन्छ । त्यसकारण यस पर्वलाई भुमे मेलाका रूपमा मनाउने चलन पनि छ। हिउँदे बाली भित्र्याई सकेपछि पूजा प्रारम्भ हुने हुँदा अन्न जोगाउनका लागि‍ प्रकृतिलाई पूजा गर्ने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार