राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सुरु भयो नर्सिङ पढाई

२०८० असार ३, आईतवार

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नयाँ शैक्षिक सत्रसँगै दाङमा नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । प्रतिष्ठानले मंगलबार एक कार्यक्रमको आयोजना गरी बि.एस.सी. नर्सिङ र बि.एन.एस कार्यक्रममा भर्ना भएको प्रशिक्षार्थीहरूलाई स्वागत गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछाने, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रशिक्षार्थीहरुलाई फूल माला सहित संयुक्त रूपमा स्वागत गरेका थिए । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै नर्सिङ अध्ययन अध्यापनको चर्चा चलिरहेको थियो । तर स्थापना  भएको झन्डै पाँच वर्ष पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाई सुरु गरेको छ । 

पूर्वाधार विकास अभावका कारण हालसम्म शैक्षिक कार्यक्रम अन्तर्गत जना गरी बि.एस.सी. नर्सिङ र बि.एन.एस अध्ययन कार्यक्रम मात्रै सुरु गरेकाले पूर्वाधार विकास निर्माणले पूर्णता पाएसँगै प्रतिष्ठान विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन पनि सञ्चालन गर्ने प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछानेले बताए । 

कार्यक्रममा प्रमुख अतिथि शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङको स्वास्थ्य सेवा क्षेत्रसँगै स्वास्थ्य अध्ययन अध्यापन क्षेत्रमा समेत अब्बल बन्न आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्टार प्रकाश थापा लगायतका शुभकामना मन्तव्य राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार