बाढीपहिरोमा बेपत्ताको उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

२०८० असार ३, आईतवार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्। आ-आफ्नो ठाउँमबाट सहयोगका लागि आम जनसमुदायसँग अपिल उनले गरेका छन्।

वर्षायामको सुरुवातमै शनिबार रातिको अविरल वर्षापछि देशको पूर्वी क्षेत्रमा गएको बाढी र पहिरोमा २६ जना बेपत्ता भएका छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएका छन्।

यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना र ‍ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार