समाजवादी मोर्चा कांग्रेसलाई घुर्क्याउन र एमालेसँग मुकाबिला गर्न होइन : माधव नेपाल

२०८० असार ४, सोमबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा स्वार्थको नभएको प्रष्टीकरण दिएका छन् । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रतिगमन र यथास्थितिविरुद्ध यो मोर्चा बनेको बताए ।

उनले भने, ‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं । हामी देशभक्ति शक्तिहरुलाई हातेमालो गर्दै लान चाहन्छौं । समाजवादी नेपालको निर्माणको पक्षमा हुनेलाई समेटेर जान चाहन्छु ।’

यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको उनको भनाइ थियो । यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ ।

उनले यो पहिला पटकको सहकार्य नभएकाले विश्वासको साथ अघि बढ्ने बताए । नेपालले कांग्रेस र एमालेको नाम नलिई पछिल्लो समय भइरहेका टिकाटिप्पणीको खण्डन गरे । कांग्रेसलाई घुर्काउन र एमालेका विरुद्ध मुकाबिलाका लागि मोर्चा गठन नभएको उनको आशय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार