प्रभातलाई धरौटीमा छाड्न कास्की अदातलकाे आदेश

२०८० असार ५, मंगलवार

पोखरा : जबरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश भएको छ।  जिल्ला अदालत कास्कीले साेमबार एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो ।  जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्तसहित उनलाई धरौटीमा रिहा गरेको थियो ।

जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् । फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो । जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटे पनि प्रभातले भने जबरजस्ती करणीको मुद्दामा कास्की प्रहरीको हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार