प्रतिनिधि सभामा आज पनि मन्त्रालयगत बजेटमाथि छलफल

२०८० असार ५, मंगलवार

काठमाडौं : संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्।

आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार