काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ३० रूपैयाँ कायम भएको छ ।





