हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता

२०८० असार ५, मंगलवार

काठमाडौं : हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १० देखि १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकवर्गहरुले विशेष छुट प्रदान गर्नेछन् ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकहरुले कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार