राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा राखियो पेसमेकर

२०८० असार ५, मंगलवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ।

पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

उदाहरणका लागि पेसमेटर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धडकिन सहयोग गर्छ।

पेसमेकर राखेपछि सामान्यत: यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार