ह्वात्तै घट्यो प्याजको भाउ

२०८० असार ६, बुधबार

काठमाडौं : मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका  अनुसार  जेठको  २१  गतेदेखि  आयात  रोकेका व्यवसायीले कालीमाटीमा सोमबारदेखि प्याज आयात गर्न थालेका छन् ।

समितिले  प्याजको  भाउ  सोमबार  प्रतिकेजी  ५२ रुपियाँ र मङ्गलबार ५३ रुपियाँमा थोक मूल्य तोकेको छ । जेठ १९ गतेसम्म प्रतिकेजी ३५ रुपियाँ थोकमा कारोबार भएको प्याज आयात रोकेपछि १३० रुपियाँसम्म पुुगेको थियो । -गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
3

ताजा समाचार