बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

२०८० असार ६, बुधबार

बागलुङ : बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

मृतक दुवै पुरुष रहेको केसीले बताए । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार