मन्त्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जलि

२०८० असार ६, बुधबार

धनगढी : गाडी दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको धनगढी रंगशालामा राखिएको पार्थिव शरीरमा बुधबार नेता तथा कार्यकर्ता, शुभचिन्तक लगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

बझाङ जाने क्रममा हिजो मङ्गलबार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना हुँदा घाइते भएपछि नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार