काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





