कान्तिलोकपथमा पहिरो हटाई यातायात सञ्चालनमा

२०८० असार ९, शनिबार

काठमाडौं : काठमाडौं र हेटौंडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाइ यातायात सञ्चालन गरिएको छ।

ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो। दिउँसो पहिरो हटाइ अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरो खसेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेका सवारी साधनलाई मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो। आज बिहानैदेखि पानी परिरहेकाले मौसममा सुधार आएपछि पहिरो हटाइएको हो।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार