कैलाली : मंगलबार गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिमका स्वर्गीय मन्त्री पृथ्वी बहादुर सिंहको शव यात्रामा मानव सागर उर्लिएको छ ।
जिल्ला अस्पतालबाट सुरु भएको शव यात्रामा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । धनगढीबाट जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मंगलबार मृत्युु भएको थियो ।
जेठो छोरा आदेश बिदेशबाट आएपछि मन्त्री सिंहसहित तीनै जनाको आज दाह संस्कार स्थानीय डुङरी घाटमा गरिएको हो ।स्वर्गीय मन्त्री सिंहको अन्त्येष्टीमा सहभागी हुन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह धनगढीबाट बझाङ पुगेका थिए ।





