‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा साेविता गाैतम

२०८० असार १०, आईतवार

काठामडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद साेविता गाैतम विश्वरभरिका युवा राजनीतिज्ञ मध्येबाट ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा पर्न सफल भएकी छन्।

वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो। जसमा नेपालबाट गौतम परेकी छन्। १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।

साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ। राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो। यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार