आज माइकल ज्याक्सनको निधन भएको दिन

२०८० असार १०, आईतवार

काठमाडौँ : सन् २००९ मा आजकै दिन (जुन २५) मा अमेरिकी गायक माइकल ज्याक्सनको निधन भएको थियो । ‘किङ अफ पप’ ले चर्चित ज्याक्सनको ५० वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा निधन भएको हो । ११ वर्षकै उमेरबाट संगीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो सोलो एल्बम निकालेका थिए ।

निकै विलासितापूर्ण जीवन निर्वाह गर्ने ज्याक्सनलाई बालयौन दुराचारको समेत आरोप लागेको थियो । उक्त मुद्दा मिलाउन ठूलो रकम खर्च गरेका थिए । त्यसका साथै ज्याक्सनले आफूहरूलाई पैसा नतिरेको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै विभिन्न व्यक्ति तथा मनोरन्जन कम्पनीले मुद्दा दायर गरेका थिए । जसका कारण जीवनको पछिल्लो समय ज्याक्सन आर्थिक अभावबाट गुज्रिएका थिए । द गार्जियनका अनुसार

२००९ जुन २५ मा मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो । ज्याक्सनको जन्म १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियानामा भएको थियो । उनका ‘अफ द वाल’, ‘थ्रिलर’, ‘ब्याड’, ‘डेन्जरस’, ‘इन्भिन्सिबल’ लगायतका एल्बम लोकप्रिय छन् । ज्याक्सनका १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार