पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, सुरक्षा व्यवस्था कडा 

२०८० असार १०, आईतवार

काठमाडौँ : पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ पुगेपछि सुनको जलहरी जोख्ने तयारी गरिएको हो ।  

मन्दिरबाट निकालिएको सुनको जलहरीलाई ३ वटा सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । सुन जोख्न सिसिटिभी क्यामरा र बत्ती जडान पनि गरिएको छ । 

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्‍यवसायी महासंघका प्रतिनिधि समेत रहेका छन् । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार