मैतीदेवीको एफडीएच क्लिनिक महानगरले गरायो बन्द

२०८० असार १०, आईतवार

काठमाडौं : काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ ।

मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद  पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको महानगर नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार