पशुपतिको जलहरीबारे सत्यतथ्य जानकारी गराउन माओवादी सांसद पौडेलको माग

२०८० असार ११, सोमबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपति मन्दिरको जलहरीका बारेमा सत्यतथ्य जानकारी गराउन संसदबाट माग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा लगाइएको सुन तौलिएको भन्दै त्यसको विवादबारे स्पष्ट जानकारी गराउन माग गरेका हुन्।

‘भएको के हो त्यहाँ? पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग र जनप्रतिनिधिहरुले सुन तौलँदै हुुनुन्छ भन्ने सुनेका छौं,’ उनले भने। उनले कति सुन हराएको र त्यहाँको अहिलेको स्थितिको बारेमा जानकारी गराउन माग गरे।

‘कति सुन हराएको हो? कति बाँकी छ? के हो स्थिति? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो कुरा सत्यतथ्य सदनमा गम्भीरतापूर्वक विषय उठेका हुनाले सत्यतथ्य जानकारी गराउनको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु,’ सांसद पौडेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार