नेपाल एयरलाइन्सको मंगलबारको उडान सर्‍यो

२०८० असार ११, सोमबार

काठमाडौँ : नेपाल एयरलाइन्सको मंगलबारको उडान तालिकामा फेरबदल भएको छ। सूचना अनुसार २७ जुनको उडान २८ जुनलाई सरेको हो। सूचनामा जनाइए अनुसार हङकङबाट काठमाडौं उड्ने RA410 को उडान २८ जुन बिहान ८ः२५ (हङकङ समय) मा उड्नेछ। जसको लागि ५ः३० बजे एयरपोर्ट पुगिसक्नुपर्नेछ।

यसमा ब्यागेज सुविधा २५ केजी रहेको छ भने ह्यान्ड क्यारी ७ केजी रहेको छ। सुविधाभन्दा अतिरिक्त तौल भएमा प्रतिकेजी १०० हङकङ डलर लाग्नेछ।

त्यसैगरी, RA409 को काठमाडौं-हङकङ उडान २७ जुनको राति १२ः४० बजे (नेपाल समय) हुनेछ। यसको लागि ९ बजे एयरपोर्ट पुग्नुपर्नेछ।

ब्यागेज सुविधा २५ केजी र ह्यान्ड क्यारी ७ केजी रहेको छ। अतिरिक्त तौलका लागि प्रतिकेजी १००० रुपैयाँ तिर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार