काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।
बीमालेखको नवीकरण शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा असार ११ गते देखि २८ गते भित्र नवीकरण गरेमा विलम्ब शुल्क शत प्रतिशत छुट दिने भएको हो ।
बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।





