पशुपतिनाथमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ? : सांसद खतिवडा

२०८० असार ११, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् ।

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र पूर्व संस्कृति मन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ भन्ने कुराको सत्यतथ्य आउनुपर्ने बताए ।

उनले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौं । हामीलाई झूटको राजनीति गर्नु छैन तर त्योभन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र पूर्व संस्कृति मन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो ? महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ । सत्यतथ्य ल्याओस् ।’

सांसद खतिवडाले नेपाली कांग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार