पशुपतिको जलहरीमा कति सुन हराएको हो, कति बाँकी छ? : देवेन्द्र पौडेल

२०८० असार १२, मंगलवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले सुनको जलहरीबारे सदन र सञ्चारमाध्यमहरूमा विभिन्न कोणबाट बहस चर्किएको बताउँदै तत्काल सत्यतथ्य जानकारी गराउन आग्रह गरेका हुन्।  

‘भएको के हो त्यहाँ ? पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँ सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुन्यौं,’ उनले भने, ‘कति सुन हराएको हो, कति सुन बाँकी छ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामाग्री जोख्ने कुरा होइन।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार