काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।





