कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० असार १२, मंगलवार

काठमाडौँ : कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखिएको यस सेयर हाल कायम संस्थापक सेयरधनीले मात्र नभएर अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यस सेयरमा लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले असार १८ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार