अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको विदाई र स्वागतमा ३ जना मात्र जान पाइने

२०८० असार १२, मंगलवार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाईका लागि अब तीन जना मात्र जाने पाइने भएको छ।विमानस्थल कार्यालयका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका कारण यात्रुको विदाईका लागि तीन जनामात्र जान पाउने व्यवस्था गरिएको हो।

विमानस्थलले मंगलबार ‘विमानस्थल भीडभाड नियन्त्रण बारेको अपिल’ गर्दै यात्रुको बिदाइ तथा स्वागत गर्न आउने आफन्त लगायतको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ। यात्रु निस्कने ठाउँमा दुर्घटना हुने जोखिम भएको तथा यात्रुको सहज आवतजावतमा समस्या भएकाले यस्तो व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ ‘यस्ता समस्या तथा चुनौतीलाई मध्यनजर गर्दै अब उपरान्त विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाई गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन अपिल गरिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार