मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला पक्राउ

२०८० असार १२, मंगलवार

काठमाडौं : काठमाडौंको नक्सालबाट एक जना बेहुला पक्राउ परेका छन्। मंगलबार दिउँसो २ बजे नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुला पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुनसरी दुहवी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं–१३ बस्ने अनुराग रौनियार पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रिन कार्ड होल्डर पनि हुन्। 

पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको काठमाडौं, परिसरका एसपी सिताराम रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार