इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित

२०८० असार १३, बुधबार

जेरुसलम: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ। इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन्।

नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपी उनले कहिले भ्रमणमा जाने हो ? त्यो भने खुलाएनन्।

चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ। चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो।

अमेरिकन निटक इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार