पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने

२०८० असार १३, बुधबार

काठमाडौँ : गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । 

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।

यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार