नागरिकता लिन प्रशासनको गेट अगाडि रातभर लामबद्ध, टोकन पाउनै मुस्किल

२०८० असार १३, बुधबार

मोरङ : नागरिकता बनाउनका लागि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय मोरङमा रात बिताएका छन् । टोकन लिनका लागि राति ९ बजेदेखि आएर उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । 

मोरङको बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए ।
 
बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरीका मोहम्मद नुरोले बताए । ‘राति पानी परेकाले तितरवितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने ।

सर्वाेच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि नागरिकता लिनेको भीड बढेको छ । वंशजको नागरिकता पाउने मोरङमा ८० हजारको हाराहारीमा भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद पोख्रेलले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार