घट्यो सुनको मूल्य

२०८० असार १३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख १० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार