ललिता निवास प्रकरण : चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

२०८० असार १३, बुधबार

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये तीन जनालाई छाडिएको थियो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। उनीहरूमाथि अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार