छोरी जन्माउने आमालाई बागमती नगरपालिकाले ५ हजार दिने

२०८० असार १३, बुधबार

सर्लाही : बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई रु पाँच हजार सुत्केरी भत्ता दिने भएको छ।

मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रूण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन्। 

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक  गर्दै दलित समूदायको उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने समेत घोषणा गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार