नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८० असार १४, बिहीबार

प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए। “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ”, उनले भने ।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए। उनले भने , “विदेशी चलचित्रसमेत बिहीबार नै आउँदैछ । त्यसैले हामीले पनि यहीँ समय रोजेका हौँ ।”

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेको हो ।

बुधबार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन। “चलचित्रकर्मीले दिएका प्रतिक्रियाले हामी उत्साहित भएका छौँ । अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौँ”, लेखक खनालले भने। सो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार