काठमाडौँ : आजको समय बलिउडको ओरिजिनालिटीमा ह्रास आइरहेको छ। फिल्मदेखि गीतसम्म प्राय: रिमेक भइरहेका छन्। साउथदेखि विदेशी फिल्महरूको कपी गर्ने चलन बढिरहेको छ।
बलिउडमा कयौँ हिट गीत क्लासिक पाकिस्तानी गीतको रिमेक गरेर बनाइएका छन्। सन् २०१० मा आएको सलमान खानको हिट फिल्म ‘दबंग’ को ‘मुन्नी बदनाम हुई’ गीत त्यतिबेला बालबालिकादेखि वयस्कको ओठमा थियो।
मलाइका अरोराको सिजलिंग स्टाइल, गायिका ममता शर्मा र ऐश्वर्या निगमको स्वर र संगीतकार ललित पण्डितको संगीतलाई निकै रुचाइएको थियो। तर यो सुपरहिट गीत सन् १९९२ को पाकिस्तानी फिल्म ‘मिस्टर चार्ली’ को गीत ‘लडका बदनाम हुआ तेरे लिए’सँग मिल्दोजुल्दो छ भनेर सायदै कसैले याद गरेको होला।
सुन्नुहोस् मूल गीत





