काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् ।
बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् ।
उनले भने, ‘फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।’ नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए ।





