१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध,मुग्लिन नै जाम हुने अवस्था

२०८० असार १५, शुक्रबार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।

विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।

सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार