कृषिप्रधान देश भएकैले नेपाललाई नाकाबन्दीले गलाउन सकेन : केपी ओली

२०८० असार १५, शुक्रबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन्।

राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसहित बिहीबार चितवन पुगेका ओलीले भारतको पाँच महिने नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको शुक्रबार बिहान आयोजित कार्यक्रमा बताए।

‘’हामीविरुद्ध पाँच महिना नाकाबन्दी लाग्यो। पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो कृषिप्रधान देश हो’, उनले भने, ‘कृषिप्रधान देश भएकाले नाकाबन्दीमा पनि टिक्यो।’

उनले नेपालले अझै पनि बाहिरबाट सबै चिज ल्याउने गरेकोमा चित्त दुखाए। ‘तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु, दूध यहीँ उत्पादन हुन्छ’, उनले भने ‘त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार